coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘पूर्वसर्तविना इरानसँग कुराकानी गर्न अमेरिका तयार’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ। तस्बिर: एजेन्सी

बेलिन्जोना – इरानसँग ‘कुनै पूर्वसर्तबिना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ।
अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिएका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्विजरल्यान्डका विदेशमन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘हामी ‘कुनै पूर्वसर्तविना’ इरानसँग कुराकानी गर्न तयार छौं। उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौं। ‘तर उक्त इस्लामिक गणतन्त्रको ‘रिभोलुसनरी फोर्स’ बाट हुने गलत गतिविधिलाई आधारभूतरूपमा नै पराजित गर्नेतर्फ भने अमेरिकी प्रयास जारी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ।’

संयुक्त राज्य अमेरिकाले कुनै पूर्वशर्तबिनै इरानको आणविक कार्यक्रमबारे छलफल गर्न तयारी गरिरहेको छ तर यसका लागि इरानले पनि ‘एउटा ठिक देशको जस्तो व्यवहार गर्नुपर्ने’ अमेरिकी विदेशमन्त्री पोम्पेओलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। इरानी राष्ट्रपति हसन रौहानीले पनि यदि वासिङ्टनले आफ्नो देशप्रति सम्मान देखाए आफूहरु वार्ताका लागि तयार रहेको शनिबार बताएका थिए। यद्यपि उनले त्यसका लागि इरानले अमेरिकालाई दबाब भने नदिने प्रष्ट पारेका थिए।

विश्वका छ शक्तिशाली राष्ट्र अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी र रुसले सन् २०१५ मा इरानसँग उसको आणविक कार्यक्रम अन्त्य गर्ने र त्यसको बदलामा तेहरानमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनेबारे सम्झौता गरेका थिए।

अरुबेला भन्दा अलि नरम देखिएका पोम्पेओले शनिबार इरानी राष्ट्रपतिले सार्वजनिक गरेको भनाइबारे पत्रकारले गरेको प्रश्नमा भने, ‘कुनै पूर्वशतबिनै छलफलका लागि हामी तयारी अवस्थामा छौं र हामी वार्तामा बस्न तयार छौं।’ वार्ताका लागि तयार रहे पनि इरानले मध्यपूर्वमा निम्त्याउन सक्ने विध्वंसात्मक घटनालाई लिएर वासिङ्टनले काम भने निरन्तर गरिरहने अमेरिकी विदेशमन्त्री पोम्पेओले इरानले हेजबुल्लाह र सिरियाली सरकारलाई गरिरहेको समर्थन उद्धृत गर्दै बताए।

विदेशमन्त्री पोम्पेओले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग वार्ता गर्नेबारे लामो समयदेखि इच्छा जाहेर गरिरहेको पनि बताएका छन्।‘एउटा सही राष्ट्रको रूपमा व्यवहार गर्न चाहेको भनेर इरानले प्रमाणित गरेसँगै हामी वार्ताका लागि तयारी अवस्थामा रहेका छौं,’ स्विस समकक्षी इगनाजियो कासिससँगै स्विजरल्यान्डको दक्षिणी सहर बेल्लिनजोनामा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओले बताए।

अमेरिकी राष्ट्रपटि ट्रम्पले पनि गत सोमबार  इरान वार्ताको टेबलमा आउँच भनेर आफू आशावादी रहेको बताएका थिए। तर त्यसको दुई दिनपछि गत बुधबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले तेहरानले वासिङ्टनसँग कुनै वार्ता नगर्ने बताएका थिए। राष्ट्रपति रौहानीले आफ्नो देशमाथि लागेको प्रतिबन्ध हटे अमेरिकासँग वार्ता गर्नसक्ने संकेत गरे पनि सर्वोच्च नेता खामेनीले भने वार्तालाई अस्वीकार गरेका थिए।

पोम्पेओसँगै पत्रकार सम्मेलनमा रहेका स्विस विदेशमनत्री कासिसले भने प्रतिबन्धका कारण इरानी जनताले धेरै समस्या भोगिरहेकोतर्फ औंल्याउँदै तटस्थ राष्ट्र स्विजरल्यान्डले इरानी जनतालाई मानवीय सहायता प्रदान गर्न चोहको बताए। उनले स्विजरल्यान्डले ‘विशेषगरी औषधीजन्य सामग्री र खानेकुरा’ इरानलाई सहयोग गर्न चाहेको प्रष्ट पारे।  उनले यसका लागि इरानले पैसा तिनुपर्ने र अमेरिकाले पैसा स्थानान्तरण गर्न दिएमात्रै यो सम्भव हुने पनि बताए। उनले केही समयमै इरानसँगको समस्या समाधानका लागि अमेरिका उचित विकल्पसँगै आउनेमा आफू आशावादी रहेको पनि पत्रकार सम्मेलनका क्रममा बताए।

विश्वका छ शक्तिशाली राष्ट्र अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी र रुसले सन् २०१५ मा इरानसँग उसको आणविक कार्यक्रम अन्त्य गर्ने र त्यसको बदलामा तेहरानमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनेबारे सम्झौता गरेका थिए। तर सो सम्झौता धोका भएको भन्दै ट्रम्पले सो सम्झौताबाट गत वर्ष हात झिके र तेहरानमाथि पुनः प्रतिबन्ध लगाए, जसले  गर्दा दुई देशबीच तनाव बढ्न थाल्यो। वासिङ्टन र तेहरानबीचको तनाव गत महिना अमेरिका मध्यपूर्वमा सैन्य उपस्थिति बढाएपछि झनै उत्कर्षमा पुगेको छ। वासिङ्टनले मध्यपूर्वमा रहेका आफ्ना साझेदार राष्ट्रलाई इरानबाट खतरा रहेको भन्दै खाडी क्षेत्रमा सैन्य उपस्थिति बढाएको बताउँदै आएको छ। इरानले भने अमेरिकी कमदको विरोध गरिरहेको छ। सन् २०१५ को आणविक सम्झौताका पक्षधर अन्य राष्ट्रले भने दुवै देशलाई वार्ता र छलफलमार्फत समस्या समाधान गर्न आग्रह गरिरहेका छन्।

प्रकाशित: २० जेष्ठ २०७६ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App