८ वैशाख २०८१ शनिबार
समाज

घाइते सुत्केरीलाई आर्थिक सहयोग

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत घाइते सुत्केरी कविता राई। तस्बिर: नागरिक

खोटाङ – जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले रूखबाट लडेर गम्भीर घाइते भएकी सुत्केरीलाई आर्थिक सहयोग गरेको छ। डाले घाँस काट्ने क्रममा फागुन ३० गते रूखबाट लडेर गम्भीर घाइते भएपछि अस्पतालमा पु-याइएकी हलेसी तुवाचुङ–१ डिकुवाकी ३१ वर्षीया कविता राईलाई उपचार खर्चस्वरूप गाउँपालिकाले आर्थिक सहयोग गरेको हो। बिहीबार आफ्नै नयाँ भवनमा सरेलगत्तै नगरपालिकाले कार्यपालिकाकै बैठकबाट हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राईलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

उपचारका क्रममा आर्थिक अभाव झेलिरहेकी कविताकाका पनि शेषकुमार राईलाई सहयोग रकमको चेक प्रदान गरिएको मेयर इवन राईले बताए। गर्भवती अवस्थामा लडेर घाइते भएकी कविता अस्पतालमा पु¥याइएपछि सुत्केरी भएकी हुन्। उनलाई यसअघि पनि शुभेच्छुकहरूबाट आर्थिक सहयोग प्राप्त भइसकेको छ। सात महिनको गर्भवती हुँदा रूखबाट लडेकी उनको दाहिने हात दुई ठाउँमा भाँचिएको छ।

ढाडमा असर पुग्दा उठबस गर्नै नसक्ने अवस्थामा पुगे पनि उनले चैत ३ गते सात महिनाको बच्चाको जन्म दिएकी हुन्। केही दिन आइसियुमा राखिए पनि अहिले शिशुको अवस्था सामान्य रहेको आफन्तले बताएका छन्। कविताको उपचारका क्रममा धेरै खर्च भइसकेको र थप उपचारका लागि आर्थिक समस्या भएको पति शेषकुमारले बताए। शेषकुमार स्वयं पनि अपांगता भएका व्यक्ति हुन्। उपचारमा आर्थिक कठिनाइ भइरहेकाले उनले आर्थिक सहयोगको अपेक्षा गरेका छन्।

यस्तै, गाउँपालिकाले डिकुवाकै चट्याङपीडित कमल राईलाई पनि २० हजार राहत दिने निर्णय गरेको छ। फागुन १६ गते परेको चट्याङका कारण चार गाईबस्तु गुमाएका राईलाई राहतस्वरूप रकम दिने निर्णय गरिएको मेयर राईले बताए।

प्रकाशित: २० जेष्ठ २०७६ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App