६ वैशाख २०८१ बिहीबार
राजनीति

दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी छैनः नेपाल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म सरकार परिवर्तन गर्न नहुने धारणा राखेका छन्। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकार सञ्चालन गर्ने विषयबारे टीकाटिप्पणी भइरहेका बेला आइतबार तीन नेताबीच भएको छलफलमा नेपालले सरकार परिवर्तनको कुरा नगर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेता नेपालले दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी नभएको बताए।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई पार्टीले तयार गरेको संयुक्त चुनावी घोषणापत्रमा समेत पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्ने उल्लेख भएको चर्चा गर्दै नेता नेपालले जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार सरकार फेरबदलको कुरा नउठाउन आग्रह गरेको स्रोतको दाबी छ। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको म्यान्डेट र जिम्मेवारी बोध गरेर आफूले काम गरिरहेको र पार्टीले दिएको जिम्मेवारी पूरा गरिरहेको बताएका थिए। अर्का अध्यक्ष दाहालले दुई पार्टी एकीकरण हुँदा कतिपय सन्दर्भमा आशंका उत्पन्न भएकाले लिखित समझदारी गरेको र त्यही कुरा मिडियामा बोलेको बताएका थिए।

प्रकाशित: २० जेष्ठ २०७६ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App