coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुनै पूर्वशर्तविना इरानसँग कुराकानी गर्न अमेरिका तयार

बेलिन्जोना- इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको अमेरिकाले बताएको छ। अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि प्रतिबद्ध रहेकाे अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँग आइतबारको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी ‘कुनै पूर्व शर्तविना’ इरानसँग कुराकानी गर्न तयार छौँ । उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौँ।”

“तर उक्त इस्लामिक गणतन्त्रको ‘रिभोलुसनरी फोर्स’ बाट हुने गलत गतिविधिलाई आधारभूतरूपमा नै पराजित गर्नेतर्फ भने अमेरिकी प्रयास जारी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने छ।” एएफपी

प्रकाशित: १९ जेष्ठ २०७६ १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App