७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवा– रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। 

भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

पहिरोले कन्टेनरको अगाडि भागमा बढी क्षति पुगेको प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए। पार्किङस्थलको अभावमा कन्टेनरहरू सडक क्षेत्रमा राख्ने गरिएको छ।   

पहिरो रोकथामको लागि पहल थाल्नुपर्ने व्यवसायी सैलेश पौडेलले बताए। रेल बनाउने कुरा भन्दा पनि नाका नजिकै रहेको पहिरो नियन्त्रणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १९ जेष्ठ २०७६ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App