८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सांसदले पनि मागे ‘सांसद विकास कोष’

फाइल तस्बिर

बुटवल– प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यले केन्द्र सरकारले प्रदेश र संघीय सांसदबीच विभेद गरेको गुनासो गरेका छन्। संसद विकास कोषको बिषयलाई लिएर प्रदेशसभा सदस्यले संघीय सांसदलाई दिने भनिएको संसद विकास कोष या त खारेज गर्नुपर्ने नभए प्रदेश सांसदलाई पनि दिनुपर्ने माग अघि सारे। 

‘प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदले ६ करोड लिएर आफ्नो क्षेत्रमा रमाउँदा प्रदेशसभा सदस्य टुलुटुलु बसेर हेर्ने अवस्था कदापी उचित हुँदैन। या त यो निर्णय खारेज गर्नु पर्यो। वा प्रदेशसभा सदस्यलाई पनि रकम उपलब्ध गराउनु पर्छ’, घर्तीले भने।

संघीय सांसदलाई संसद विकास कोषमार्फत ६ करोड रुपैयाँ संघीय सरकारले बजेटमै विनियोजन गरेको छ। आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले सांसद विकास कोषको व्यवस्था संघीयताविपरीत रहेको भन्दै सो निर्णय खारेज गर्न या प्रदेशसभा सदस्यलाई पनि रकम उपलब्ध गराउन माग गरे।

‘प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदले ६ करोड लिएर आफ्नो क्षेत्रमा रमाउँदा प्रदेशसभा सदस्य टुलुटुलु बसेर हेर्ने अवस्था कदापी उचित हुँदैन। या त यो निर्णय खारेज गर्नु पर्यो। वा प्रदेशसभा सदस्यलाई पनि रकम उपलब्ध गराउनु पर्छ’, घर्तीले भने। 

बैठकमा प्रतिपक्ष दलका प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले नेपालगञ्जका विभिन्न नाकाबाट तस्करी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। नेपाल–भारत सीमा रुपैडिया नाकाबाट ठूलो परिमाणमा अखाद्य तेल भित्रिएको भन्दै हमालले मानव स्वास्थ्यकालागि हानीकारक अखाद्य बस्तुको तस्करी रोक्न सरकारलाई आग्रह गरे।  नेपालगञ्ज–कोहलपुर–जमुनाह २१ किमी सडकखण्डमा दुर्घटना बढेको भन्दै न्यूनिकरणका लागि ठाउँ ठाउँमा चेक पोष्ट राख्न माग गरे।

बैठकको सुरुमै बिशेष समय लिएर बोल्दै अस्वस्थताका कारण लामो समयसम्म काठमाडौंमा उपचार गराइरहेका प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी गराए। आइतबारको बैठकले सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि भौतिक पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको थियो। 

प्रकाशित: १९ जेष्ठ २०७६ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App