coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने

डोटी– जिल्लाको दुर्गम क्षेत्रमा रहेको बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने भएको छ। पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन पहल चालिएको अध्यक्ष कमलबहादुर गडसिलाले बताए।

उनले भने ‘गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन हामीले द्रुत गतिमा काम अगाडि बढाएका छौँ, सम्भवतः केही महीनामै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने छौँ।’ प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीबाट दुर्गममा रहेका बस्तीमा पनि गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका कार्यकारी प्रमुख शङ्कर सुचिकारले बताए। रासस

प्रकाशित: १९ जेष्ठ २०७६ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App