coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइएसद्वारा ३० नागरिकको हत्या

अफगानिस्तान–मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुले बन्धक बनाई ३० सर्वसाधारणको हत्या गरेको स्थानीय सरकारले जनाएको छ ।अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मंगलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले जानकारी दिएका छन् ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय नागरिकलाई निसाना बनाएर आक्रमण गरेका थिए । स्थानीयले बुधबार बिहान स्थानीय नागरिकका ३० मृत शरीर भेटेपछि यो खबर प्रशासनलाई गरेका थिए ।

यद्यपि दायस समूहले समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी भने लिएको छैन । अफगानिस्तानको गोर स्थित सूबेमा आइएस लडाकुले ३० जना सर्वसाधारणलाई बन्धक बनाएको पछि मारिदिएको अधिकारीहरुले बताएका छन् । गोर सूबेकाका सरकारी प्रवक्ता अब्दुल हे खतीबीले पहाडमा भेडासँग दाउरा जम्मा गर्न गएका किसानलाई आइएस लडाकुले बन्धक बनाएका थिए ।

बन्धक बनाएको थाहा पाएर गाउँलले छुटाउने प्रयास थालेपछि गोली हानेर उनीहरुको हत्या गरिदिएको बताइएको छ । यही क्रममा आइएसका एक कमान्डरको पनि मृत्यु भएको जानकारी दिइएको छ ।  मारिनेमा बच्चापनि रहेको प्रवक्ताले जनाएका छन् । अफगानिस्तानका केही इलाकामा इस्लामिक स्टेटले आफ्नो प्रभाव मजबुत बनाउँदै गएको छ र तालिबानलाई चुनौति दिइरहेको छ ।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App