coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

जाजरकोट– यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। 

उनले हिमपातका कारण अत्यधिक चिसोले विरामी भएर ति युवाहरुको मृत्यु भएको बताए। डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाको फुलबारी पाटलमा चिसोले विरामी परेका  दुबै जनालाई उपचारका लागि लैजाने क्रममा फोक्सुन्डो ताल नजिकै मृत्यु भएको  हो। उनका अनुसार यार्सागुम्बा खोज्न गएका  सर्वसाधारणले प्रतिकुल मौसम, भौगोलिक विकता र अन्य समस्या बेहोर्नु परेको छ। 

गरिबी र बेरोजगारीका कारण वर्षेनी जाजरकोटसहित रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगुबाट जाने सर्वसाधारणले कमाइको  आशाले धेरै जोखिम मोल्ने गरेको स्थानीय पत्रकार बद्री पन्तले बताए। 

वर्षेनी यार्सा खोज्ने सर्वसाधारणको जीवन  र स्वास्थ्य सुरक्षाप्रति स्थानीय सरकार र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: १९ जेष्ठ २०७६ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App