coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पदम राई नेकपा प्रवेश गरेलगत्तै विप्लव समूहले निकाल्यो विज्ञप्ति

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै पदम राईलाई कारवाहि गरेको बताएका छन्। आइतबार पूर्वमन्त्री तथा विपलव समूहका पोलिटव्युरो सदस्यसमेत रहेका राई सत्तारुढ दल नेकपामा प्रवेश गरेको केहि घण्टापछि विप्लव समूहले कारवाहि गरेको विज्ञप्ति जारी गरेको हो।

रुपान्तरण र उपचारको क्रममा अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति विपरित कार्य गरेको भन्दै गत स्थायी समितिको बैठकले कारवाही गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। जारी विज्ञप्तिमा भनिएको छ ‘क्रान्तिको कठिन तर महान प्रकृयामा टिक्न नसकेका कयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य हो।’ अहिले राईलाई अपराधपूर्ण कार्यमा संलग्न रहेको भन्दै पार्टी सदस्यसमेत नरहने गरी कारवाहि गरेको बताइएको छ।

आइतबार बिहान सत्तारुढ दल नेकपामा प्रवेश गर्दै राईले भनेका थिए ‘म कुनै डर त्रासले नेकपामा आएको होइन, देश बनाउनको लागि नेकपामा प्रवेश गरेका हुँ।’

प्रकाशित: १९ जेष्ठ २०७६ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App