७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

लण्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको तीन दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसरा प्रधानमन्त्री ओली बेलायत प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणामा जुन १० तारिख देखी वेलायतको भ्रमण गर्न लागेका हुन्।

बेलायतमा भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषय लगायत द्वीपक्षीय सहयोगको बारेमा छलफल हुने बताएको छ। लण्डन बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी वेलायती प्रधानमन्त्री थेरेसा मे बीच भेटवार्ता हुने नेपाली दूतावास लण्डनले जनाएको छ। दूतावासका अनुसार भेटघाटको मिति अहिले सार्वजानिक नगरिए पनि ११ जुनको विहान हुने अपेक्षा गरिएको छ।

यसअघि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सन् २००२ मा वेलायती प्रधानमन्त्रीको औपाचारिक निमन्त्रणामा बेलायतको भ्रमण गरे पछि ओलीले पहिलो पटक यो भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले जुन १० तारिख साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचरा व्यक्त गर्ने छन्। यसअघि प्रधानमन्त्री ओलीले ८ जुनमा जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन्। १२ जुनमा प्रधानमन्त्री ओलीले फ्रान्सको दुई दिने औपचारिक भ्रमण गर्नेछन्। युरोपेली देशको नौ दिने भ्रमण सकेर प्रधानमन्त्री १६ जुनमा नेपाल फर्किने तय भएको बताएको छ।

प्रकाशित: १९ जेष्ठ २०७६ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App