७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी भिसा पाउन सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने

काठमाडाैं– अमेरिकामा प्रवेशाज्ञा (भिसा) पाउन अब लगभग सबै आवेदकले आफ्ना सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने भएकाे छ। 

अमेरिकी विदेश मन्त्रालयकाे नयाँ नियम अनुसार भिसा पाउन आवेदकले आफ्नाे सामाजिक सञ्जालमा भएकाे नाम तथा पाँच वर्षदेिखि प्रयाेग गरेकाे इमेल र फाेन नम्बर बुझाउनु पर्ने छ। मुख्य गरी अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ ती विवरणहरू बुझाउनुपर्ने हुन्छ।  यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो।

यद्यपि, निश्चित कुटनीज्ञ तथा अधिकारीहरूका हकमा भने याे नियम लागु नहुने जनाइएकाे छ। विज्ञहरूले याे नियम प्रस्ताव हुँदा करिव एक कराेड ४७ लाख मानिस प्रभावित हुने आकलन गरेकाे बीसीसीले जनाएकाे छ। अमेरिकी विदेश मन्त्रालयले   यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकको रक्षाका निम्ति जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा निरन्तर काम गरिरहेकाे बताएकाे छ।

निर्वाचनताका र सरकारमा आइसकेपछि आप्रवासी प्रति अनुदार देखिएकाे ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो।

प्रकाशित: १९ जेष्ठ २०७६ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App