किशाेरी हत्याका मुख्य योजनाकार पक्राउ

आइतबार, १९ जेठ २०७६, १४ : ४८ गिरिराज बाँस्कोटा

पाँचथर– १५ बर्षे किशाेरीलाई घाँटी रेटि निर्मम हत्या गरेर फरार रहेका हत्याका मुख्य योजनाकार पदम तामाङलाई प्रहरीले झापाको दमकमा पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले  दमकको होटलमा काम लुकिछिपि काम गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

बैशाख–२९ गते हिलिहाङ गाँउपालिका–४ कात्तिके भन्ने ठाँउमा १५ बर्षीया शितल योङयाको घाँटी रेटेर हत्या भएको थियो। हत्याका मुख्य योजनाकार तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलले पुष्टि गरे। घटना भएको २१ दिन पछि प्रहरीले मुख्य योजनाकारलाई पक्राउ गरेको हो।

जिल्लामा  निर्मम रुपमा भएको हत्यामा संलग्न मुख्य अभियुक्तको खोजिमा विभिन्न ठाँउबाट २१ जनाको प्रहरी टोली विभिन्न ठाँउमा खटाएको पाँचथरका डिएसपि नरेन्द्र कुवँरले जानकारी दिए।  किसोरीको हत्या गरेर फरार रहेका आरोपीको खोजी प्रहरीलाई टाउको दुखाइ बनेको थियो।  हत्यामा संलग्न भएका मध्ये फाल्गुनन्द–२ का भगिरथ बास्तोलालाई घटना भएको भोलिपल्ट पक्राउ गरिए पनि मुख्य योजनाकार रहेका तामाङ भने फरार रहेका थिए। आरोपित व्यक्ती पहिचान भए पनि पक्राउ पर्न नसकेपछि प्रहरीले ठुलो जनशक्ति परिचालन गरेको थियो।

खोजीमा सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो। तामाङको प्रेमीका रहेकी योङहाङसँग असमझदारी हुँदा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। 'आफूले समातेको र पदमले घाटि रेटेको' भनी यसअघि बाँस्तोलाले  प्रहरीसँग को बयानमा बताएका थिए।

 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad