coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महन्थ ठाकुरको जिज्ञासा : समृद्ध तराई मधेस कार्यक्रममा किन बजेट आएन?

काठमाडौं- राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै उनले अहिले पनि मधेसमा संचालन भईरहेको सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसंग जिज्ञासा राखे।

उनले सिंचाईका लागि मधेसका गाउँ गाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत संभारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंचाई सुविधाको कार्यक्रम सफल हुने बताए। पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि सम्पुर्ण क्षेत्रलाई समेट्ने काम नभएको भन्दै उनले गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान,धनुषक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धनलाई समावेश गर्न आग्रह गरे। 

उनले सौर्य उर्जाको उपयोग गरेर प्रदेश नम्बर २ लाई अन्धकार मुक्त राख्ने, भूमिगत सिंचाई,हुलाकी सडक लगायत विषयलाई बजेटमा प्राथमिकता दिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिदै बजेट कार्यान्वयनका लागि सुझाव दिए।

 

 

प्रकाशित: १९ जेष्ठ २०७६ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App