७ वैशाख २०८१ शुक्रबार
समाज

ग्यास बोकेकाे ट्रक पल्टियाे, चालक घाइते

इटहरी – सुनसरीको इटहरी हुँदै धरान जाने चारकोशे झाडीमा ग्यास बोकेको ट्रक दुर्घट्ना भएको छ। इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ट्रकमा ओभरलोड ग्यास बोकेकाे कारणले सडकमा पल्टिएर ट्रक दुर्घटना भएको हो। दुर्घटना मानवीय क्षती भने नभएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका असई ज्ञानु देउजाले जनाए । उनका अनुसार ४५ वर्षीय ट्रक चालक पारस भट्टराइ घाइते भएका छन्।

घाइते भट्टराइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। अहिले जंगल क्षेत्रमा सवारी आवत जावत समेत बन्द रहेको कारण १ नम्बर प्रदेश प्रहरी कार्यलयबाट गाडी तान्ने मेसिन ल्याएर सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App