coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले बनायो आत्मघाती विमान

तेहरान–इरानको विशिष्ट रिभोलुसनरी गार्डले बुधबार आपूmले ‘आत्मघाती चालक बिहीन विमान’ को निर्माण गरेको बताएको छ ।     उक्त विमानले जमिनबाट जमिन र पानीमा पनि आक्रमण गर्नसकिने इरानले जनाएको छ । यो विमानले युद्धका बेला विस्फोटक पदार्थ बोक्ने बमकै रुपमा प्रयोग हुने गार्डसँग नजिक मानिने तसिम न्यूज एजेन्सीले जनाएको छ ।

पानीको सतहमाथि द्रुत गतिमा उड्न सक्ने यस ड्रोनले आफ्नो निशानामा पुगेपछि विस्फोट हुने क्षमता राख्नेछ ।    विमानले भारी मात्रामा विस्फोटक पदार्थ राखी उड्नसक्ने क्षमता राख्छ र पानीको सतहदेखि दुई फिट माथिबाट २५० किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ ।     अत्याधुनिक क्यामरा जडान गरिएको यस ड्रोनलाई रातिमा वा दिनमा कुनै समयमा पनि प्रयोग गर्न सकिने तसिमले जनाएको छ ।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App