बुवा, मामा, दाजु कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बिहिबार, ११ कार्तिक २०७३, १० : ०९ नागरिक

गाईघाट (उदयपुर)-बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताए। अदालतको फैसलाअनुसार किशोरी बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय र रु ५० हजार आर्थिक जरिवाना तोकिएको अदालतले जनाएको छ ।

यस्तै किशोरीको मामालाई ११ वर्ष जेल सजाय र रु १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र रु १० हजार जरिबानासहितको फैसला भएको छ । किशोरीको आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि बुबाले उनलाई छ महिनादेखि करणी गर्दै आएका थिए । आफ्नो बुबाले करणी गरेपछि किशोरी भागेर मावली गएकामा त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरेका थिए ।

मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरेका थिए । पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालत उदयपुरमा उक्त घटनासम्बन्धी मुद्दा चलेको सात महिनापछि अदालतले यस्तो फैसला गरेको हो । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad