५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

मुख गनाउँछ ?

डा. रुवी दास÷डा. सुवास घिमिरे
मुख गनाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिकरूपमा डिपे्रसनमा हुन्छन्।त्यसैले योे समस्या सानो भए पनि यसले शरीरमा भएको रोग र मुखभित्र भएका रोग पत्ता लगाउन मद्दत गर्छ। आफ्नो स्वास आफँैलाई गनाउने भयो भने दन्तचिकित्सकसँग सल्लाह लिनुपर्छ।स्मरण रहोस्, मुख गनाउने समस्या लामो समयदेखि छ भनेमुखवा अन्य ठाउँमा क्यान्सर पनि भएको हुन सक्छ।मुख गनाउने समस्या भनेको नराम्रो अथवा नमीठो गन्ध आउनु हो जसले मुख स्वास्थ र शरीर स्वास्थ राम्रो छैन भन्ने दर्शाउँछ।

मुख गनाउने कारण
१. खानेकुरा (जस्तै– प्याज, लसुन, मसला),२. पानी कम पिउनाले,३. जिब्रो सफा नगर्नाले,४. कफी धेरैप्रयोगले,५. सहीतरिकाले ब्रसिङ र फलसिङ नगर्नाले,६. नक्कली दाँत राम्ररी सफा नगर्नाले,७. एउटै ब्रस धेरै समय प्रयोग गर्नाले,८. टनसिको ढुंगाले गर्दा, ९. खानापछि  कुल्ला नगर्दा,१०. चिनीयुक्तचुइगम प्रयोगले, ११. गुलियोधेरै खाँदा, १२. गिजा सुन्निएर पाइरिया भएमा,  १३. पिनासको संक्रमण भएमा, १४. धूमपान गरेमा,१५. मद्यपान धेरै गरेमा, १६. दाँत कीराले खाएर खाल्डो भएमा, १७. दाँत तथा मुखको उपचार गराउँदा राम्रोसँग मुख सफा नराख्दा, १८. घाउ÷खटिरा मुखभित्र भएमा,१९. टन्सिलाइटिस भएमा,२०. सुतेका बेला घुरेमा,२१. एसिडिटी भएमा, २२.स्वास नलीमा संक्रमणभएमा,२३. फोक्सोमा संक्रमणभएमा, २४. खाने नलीमा घाउभएमा, २५. पेटमा  घाउछ भने,२६. शरीरमा चिनीको मात्रा धेरै भएमा,२७, पेट, फोक्सो, खानेनलीमा क्यान्सर भएमा,२८. नाइट्रेटस्  सिल्पिङ ट्याब्लेट आदि प्रयोग गर्नाले,२९. जोग्रेनसिन्ड्रोमरोग लागेमा,३०. मुखको संक्रमण भएमा, ३१. कलेजोले काम नगरेमा, ३२. मिर्गाैला फेल भएमा,३३. रेडियोथेरापी, क्यान्सरको उपचार गराएमा पनि।

उपचार विधि
१. मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।२. पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।३. टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।४. कफी र गुलियो खानेकुरा कम गर्ने।५. सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।६. नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा  गर्ने।७. एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।८. टन्सिलको ढुङ्गाको उपचार गर्ने। ९. खाना खाएपछि कुल्ला गर्ने।१०. गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने। ११.गिजा सुन्निए उपचार गर्ने।१२. पिनास, टन्सिलको उपचार गर्ने। १३. धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।१४. दन्ते  सडनको उपचार  गर्ने।१५. घाउ÷खटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।१६. मुखमा क्यान्सर छ भने उपचारगर्ने।१७. मुखमा अम्लको मात्रा आउन नदिने।१८. खानपान र पेटको उपचार सही ढंगले गर्ने।१९. स्वास प्रस्वास नली र फोक्सोको समस्या छ भनेउपचार गर्ने।२०. डाइबेटिज नियन्त्रणमा राख्ने।२१. नियमितरूपमा दन्त चिकित्सकलाई देखाउने।
ओम समाज डेन्टल हस्पिटल चावहिल

प्रकाशित: १९ जेष्ठ २०७६ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App