बलात्कारपछि एसिड काण्ड

आइतबार, १९ जेठ २०७६, ०९ : ३४ नागरिक

नगेन्द्रराज पौडेल
यतिबेला मुलुकमा गम्भीर प्रकृतिका महिला हिंसा, हत्या र आक्रमणका प्रयासहरू भइरहेका छन्। सरकारले समृद्धिको कुरा गरिरहँदा शान्ति सुरक्षाको अभावमा नागरिक छटपटिइरहेका छन्। कतै महिलामाथिका घरेलु हिंसाका घटना घटेका छन् भने कतै यौनजन्य हिंसाले महिलाहरू आक्रान्त छन्। भारतको राजधानी नयाँ दिल्लीमा २२ वर्षकी नेपाली महिलामाथि गत वैशाख २९ गते चार जनाले सामूहिक बलात्कार गरेका छन्। उनले आफू बलात्कार भएको मुद्दा मुम्बईस्थित ओसिवारा पुलिस थानामा दर्ता गराएकी छन्।

आफ्नै गृहनगरमा बलात्कृत हुँदासमेत न्याय नपाएका नेपाली चेलीले भारतको मुम्बईबाट न्याय पाउलान् भन्ने कुरामा शंका नै छ। सन् २०१३ मा पनि दिल्लीमा अर्की एकजना नेपाली महिलाको सामूहिक बलात्कार भएको थियो। यसअघि सन् २०१२ मा भारतमा नै ज्योति पाण्डे नाम गरेकी २३ वर्षीय नेपाली युवतीको सामूहिक बलात्कारपछि उपचारका क्रममा मृत्युसमेत भएको थियो। यसरी बलात्कार र त्यसपछिका हत्या शृंखला नेपालभित्रबाट मात्र होइन नेपालबाहिरबाट पनि चलिरहेको पाइन्छ। बलात्कारविरुद्ध सरकारले कठोर नीति अवलम्बन नगर्दा घटना घटिरहेका छन्। रिना हत्याकाण्ड प्रकरण यतिखेर अर्को रहस्य बनेर देखापरेको छ।

यसप्रकारको जघन्य अपराधका लागि पाँच लाख जरिवाना तथा आठ वर्षसम्मको कैद निकै कम देखिन्छ। अपराधीले पीडा दिई ज्यान लिने उद्देश्यले एसिड प्रहार गर्छ भने उसलाई ज्यान मार्ने उद्योगअन्तर्गत सजाय दिइनुपर्छ।

हालै मात्र राजधानीमा एसिड प्रहारका घटना घटेका छन्। आपराधिक मानसिकता बोकेकाहरूले आफ्नो मनोकांक्षा पूरा नहुँदा युवतीमाथि एसिड प्रहार गरेर फरार हुने गरेको पाइएको छ। यी घटनाले नेपाली चेलीहरू फेरि एकपटक त्राहिमाम बन्नुपरेको अवस्था छ। विगत पाँच वर्षयता १५ जना महिला एसिड पीडित भएका छन्। प्रेम प्रस्ताव राख्ने र पूरा नभए केटाले युवतीमाथि एसिड प्रहार गरी अलप हुने घटना बढ्दो क्रममा छन्। गत जेठ १ गते राति २० वर्षकी जेनी खड्कामाथि उनकै लोग्ने विष्णु भुजेलले एसिड खन्याए। २०७५ साल असोजमा ५० वर्षका रामबाबु पासवानले रौतहटस्थित चन्द्रनिगाहपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दासमाथि एसिड छ्यापेका थिए। सम्झनाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको थियो। २०७५ को असोजमा नै नवलपरासीको कावासोतीमा २७ वर्षकी वसन्त परियारमाथि उनकै छिमेकी ३७ वर्षका विमल श्रीपालीले एसिड प्रहार गरेका थिए। ती युवतीको हालसम्म उपचार चलिरहेको छ।

किन बेचिन्छ सजिलै एसिड ?
एसिड दालचामल जस्तो सधैं सबैलाई चाहिने वस्तु होइन। एक त यो अत्यन्त संवेदनशील र जोखिमयुक्त पदार्थ पनि हो। यसैकारण जसले एसिड प्रयोग गर्छन्, उनीहरूले समेत उच्च सतर्कता र सावधानी अपनाउनुपर्ने हुन्छ। यस्तो संवेदनशील वस्तुलाई किन बजारमा छ्यापछ्याप्ति किनबेच गरिन्छ ? सरकारले यसको किनबेचका लागि कडाइ गर्नैपर्ने हुन्छ। मान्छेलाई कसैप्रति रिस उठ्यो भने सीसा लिएर बजारतिर पस्ने, एसिड लिएर फर्कने गरेको अवस्था छ। जेनी खड्काका लोग्नेले काभ्रेको पनौतीस्थित एक सुन पसलबाट एसिड किनेको थाहा भएको छ। जोखिमयुक्त वस्तुको सहजै खरिद बिक्री हुनुहुँदैन। ज्यान नै अंगभंग हुने, उपचार महँगो हुने र बाँच्न अत्यन्तै मुस्किल पर्ने यस्ता घटनाका नाइकेलाई कडा कारबाही नहुँदा पनि यसप्रकारको मनोबल बढेको हो।

के हुन्छ कारबाही ?
मुलुकी अपराध संहिता ऐन, २०७४ ले एसिड प्रहारका घटनालाई फौजदारी कानुनअन्तर्गत राखेर सजायको व्यवस्था गरेको छ। उक्त ऐनको दफा १९३ मा ‘तेजाब (एसिड) वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्ने, पीडा गराउने, काम गर्नु हुँदैन’ भनिएको छ। ऐनको सोही दफाले ‘उक्त कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरूप पारेमा पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रूपैयाँसम्म जरिवाना हुनेछ’ भनिएको छ। यसरी जरिवानाबापत प्राप्त हुने रकम पीडितलाई क्षतिपूर्तिबापत दिइने कुरा उल्लेख छ।

यसरी हेर्दा यसप्रकारको जघन्य अपराधका लागि पाँच लाख जरिवाना तथा आठ वर्षसम्मको कैद निकै कम देखिन्छ। अपराधीले पीडा दिई ज्यान लिने उद्देश्यले जब एसिड प्रहार गर्छ भने उसलाई ज्यान मार्ने उद्योगअन्तर्गत सजाय दिइनुपर्छ। मुलुकी अपराध संहिताकै दफा ४१ (क) मा क्रूर यातना दिई निर्ममतापूर्वक ज्यान मारेकोमा जन्मकैद हुने कुरा उल्लेख गरिएको छ। तसर्थ एसिड प्रहारबाट कुनै पनि पीडितको मृत्यु भएमा उसलाई कानुनको उक्त दफा प्रयोग गरी जन्मकैदको सजाय तोकिनुपर्छ। अन्यथा अपराधमा कमी आउने छैन। यसका लागि उक्त ऐनको दफा १७७ मा ‘कसैले कसैलाई निजको ज्यान मार्नसक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पु¥याई तत्कालै ज्यान नमरी सोही चोटको परिणामस्वरूप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ’ भन्ने उल्लेख छ। यसरी कसूर गर्नेलाइ पनि जन्मकैदको व्यवस्था भएकाले जन्मकैदको सजाय दिनैपर्ने देखिन्छ। (लेखक भिमाद नगरपालिकाका कर्मचारी हुन्।)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad