coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्षासहित हावा हुरीको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले अपरान्हमा हावा हुरी सहित वर्षा हुने क्रम सोमबारसम्म जारी रहने सम्भावना देखाएको छ।

पूर्व मनसुन सुरु हुँदा यस्तो अवस्था रहने मौसमवीद्हरूले जनाएका छन्। देशभर पूर्व मनसुन सुरु भएको महाशाखाले जनाएको छ। यो क्रम सोमबारसम्म्म जारी रहन्छ। ‘मंगलबारदेखि मौसममा केही सुधार हुन्छ। त्यो सुधार पनि एक दुइ दिनकोलागि मात्र हुन्छ। त्यसपछि फेरि पूर्व मनसुन सक्रिय हुन्छ,–मौसवीद् मिनकुमार अर्यालले जनाए। उनका अनुसार वगांलको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र त्यसमा स्थानीय हावाको प्रभाव मिल्दा देशभर भर हावा हुरी सहित वर्षाको सम्भावना छ। स्थानीय वायु सक्रिय हुँदा हावा हुरीको सम्भावना रहने मौसमवीद्हरूले जनाएका छन्।

पूर्वानुमान महाशाखाले आइतबार देशभर आंशिक देखि सामान्य वदली रही देशका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। आइतबार राती पनि देशभर आंशिक देखि सामान्य वदली रही केही थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। यसैगरी सोमबार दिउँसो र राती देशभर आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भुभागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

मौसमवीद् अर्यालले भने, पूर्व मनसुन सक्रिय हुँदा सामान्यता दिउँसो तापक्रम बढ्न थाल्छ। यो क्रम अपरान्ह सम्म रहन्छ। अपरान्हमा तापक्रम बढ्दै गए पछि स्थानीय बायु सक्रिय भइ हावा हुरी सहित वर्षा हुने सम्भावा रहन्छ।’ मौसमवीद्का अनुसार सामान्यता जेठ २८ वाट वर्षा याम सुरु हुन्छ। यस वर्ष जेठको अन्तिम साता या असारको पहिलो साताबाट मनसुन सुरु हुने सम्भावना छ। मौसमवीद्हरूले यस वर्ष वर्षा याममा पूर्वी तथा मध्य भागमा औसम वर्षाभन्दा केही कम वर्षा हुने जनाएका छन् तर तर पश्चिमी क्षेत्रमा औसत वर्षा हुने सम्भावना रहेको उनीहरूको भनाइ छ। पछिल्लो हिउँदे याममा भने औसत वर्षाभन्दा ५ गुना बढी वर्षा भएको थियो। यस वर्ष वर्षा याममा अघिल्लो वर्षको वर्षा याममा भन्दा बढी वर्षा हुने स्थिति नरहेको मौसमवीद्हरूले जनाएका छन्।

प्रकाशित: १९ जेष्ठ २०७६ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App