टिचिङमा कलेजो प्रत्यारोपण

टिचिङमा कलेजो प्रत्यारोपण

आइतबार, १९ जेठ २०७६, ०७ : ०४ पवित्रा सुनार

काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा काठमाडौंका ५८ वर्षीय पुरुषमा शुक्रबार राति कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषमा उनकै ३३ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण गर्न १० घन्टा लागेको थियो। शल्यक्रियामार्फत कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। कलेजो बिग्रिएपछि उनलाई लिभर सिरोसिस भएको थियो। अस्पतालका अनुसार परिवारको आग्रहमा बिरामी र उनलाई कलेजो दिने छोरीको नाम गोप्य राखिएको छ।

कलेजोले नियमित काम गर्न नसकेपछि अर्कैको खोजेर प्रत्यारोपण गर्नुपर्छ। चिकित्सकका अनुसार स्वस्थ व्यक्तिको कलेजाको केही भाग झिकेर बिरामीमा प्रत्यारोपण गरेपछि बिस्तारै कलेजो विकसित भएर जान्छ। यसलाई कलेजो प्रत्यारोपण भनिन्छ। बिरामीमा कलेजो प्रत्यारोपणका लागि तीन साताअघिदेखि उपचार प्रक्रिया सुरु गरिएको थियो।

टिचिङ अस्पतालका डा. भण्डारीको नेतृत्वमा डा. पलेस्वाँ जोशी, डा. सुमिता, डा. विष्णुलगायत एमसिएच कार्यक्रमका सदस्य तथा भारतका एपोलो अस्पतालका डा. निरभ गोयल, डा. अनिल, डा. अमित, डा. पंकजसहित आठजनाले कलेजो प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपण सफल भएपछि डा. भण्डारीले सहयोग पु¥याउने अस्पतालका रेडियोलोजी, आइसियु, प्याथोलोजी, प्रशासन, ग्यास्ट्रोलोजी विभागका सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। त्यसैगरी उनले प्रत्यारोपणका लागि कानुनी तथा अन्य आर्थिक सहयोग गर्ने पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई पनि धन्यवाद दिएका छन्। जुनसुकै अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्दा विज्ञसमूहको परामर्श र सहयोग लिनुपर्ने नियमअनुसार भारतस्थित एपोलो अस्पतालका अनुभवी चिकित्सकलाई बोलाइएको डा. भण्डारीले बताए।

टिचिङमा कलेजो प्रत्यारोपण सेवा सुरु भएसँगै अब यसका लागि विदेश जानुपर्ने बाध्यता हटेको अस्पतालको दाबी छ।

कलेजो प्रत्यारोपणपछि बिरामीलाई १० देखि १४ दिनसम्म आइसियुमा राखेर उपचार गर्नुपर्छ। कलेजो दातालाई भने तीन दिनपछि अर्थात् आइतबार डिस्चार्ज गरिनेछ। यो सफलताले थप बिरामीमा प्रत्यारोपण गर्न सकिने आधार देखाएको डा. भण्डारीले बताए। टिचिङमा यो कलेजो प्रत्यारोपण सेवा सुरु गर्न डा. भण्डारीले विगत १० वर्षदेखि सपना बुनेका थिए। त्यही सपना पूरा गर्न तालिम लिन उनी अस्टे«लिया तथा भारतका विभिन्न अस्पतालमा पटक–पटक पुगेका थिए।

टिचिङमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्न सन् २०१४ देखि संरचनागत, उपकरण, भौतिक संरचना, अंगदान तथा प्रत्यारोपण अनुमतिका लागि प्रक्रिया सुरु गरिएको थियो। लगातार १० वर्षको प्रयासपछि कलेजो प्रत्यारोपण सम्भव भएको हो। चार वर्षअघि धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा पनि विदेशी चिकित्सकको सहयोगमा तीनजनामा कलेजो प्रत्यारोपण गरिएको थियो। योसहित नेपालका दुई सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। सरकारले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स भरतपुरलाई पनि कलेजो प्रत्यारोपण गर्न अनुमति दिएको छ।

टिचिङमा कलेजो प्रत्यारोपण सेवा सुरु भएसँगै अब यसका लागि विदेश जानुपर्ने बाध्यता हटेको अस्पतालको दाबी छ। ‘अब हामी नियमित रूपमै अघि बढ्छौं,’ डा. भण्डारीले भने। कलेजो प्रत्यारोपणका लागि भारत तथा थाइल्यान्ड जानुपर्ने अवस्थामा टिचिङले यस कार्यमा सफलता प्राप्त गरेको हो। कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँजति खर्च लाग्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...