coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकपः न्युजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

फाेटाे : Nigel French/PA

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।

न्युजिल्याण्डको जितमा ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरो निर्णायक बने। प्रतियोगितामा अबिजित खेलेका गुप्टिलले ५१ बलमा ७३ रन र मुनरोले ४७ बलमा ५८ रन बनाए। गुप्टिल र मुनरोको साझेदारीसामू श्रीलंकाका बलर निरीह बने। 

यसअघि सोफिया गार्डेन्स मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले २९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३७ रनको योगफल बनायो। श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ बनाए। कुसल परेरा २९, थिसारा परेराले २३ रन जोडे। बलिङतर्फ न्युजिल्याण्डका लोकी फरगुसन र म्याथु जेम्स ह्यानरीले ३/३ तथा मिसेल सान्टनर, ट्रेन्ट बोल्ड, कोलिन डि ग्रान्डोम र जेम्स नेशमले समान १ विकेट लिए।

जवाफी व्याटिङमा उत्रिएको न्युजिल्याण्डले विकेटको क्षतिविना १६.१ ओभरमै १३७ रनको लक्ष्य भेट्टायो। 

प्रकाशित: १८ जेष्ठ २०७६ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App