६ वैशाख २०८१ बिहीबार
समाज

रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध

रसुवा– गल्छी त्रिशूली खण्डमा नेपाल टेलिकमको फाइबरमा समस्या आएपछि शुक्रबारदेखि रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

सो स्थानमा शुक्रबार दिउँसो २ बजेदेखि टेलिकमको एडिएसएल सेवा अवरुद्ध भएको हो। इन्टरनेट सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन्। शनिबार साँझसम्ममा इन्टरनेट सुचारु हुने सम्भावना रहेको नेपाल टेलिकम रसुवाका प्रमुख भीमराज भुसालले बताए। फाइबरमा आएको फल्ट भने अझै पत्ता लागिसकेको छैन।
 

प्रकाशित: १८ जेष्ठ २०७६ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App