coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्राजिली सदाबहार कप्तानको निधन

रियो दी जेनेरियो- ब्राजिल फुटबलका  लागि सदाबहार अविस्मरणीय कप्तानका रूपमा चिनिएका कार्लोज अल्बर्टोको मंगलबार निधन भएको छ।

सन् १९७० को विश्वकप जित्दाका कप्तानलाई ब्राजिलमा महान फुटबलरकारूपमा लिने गरिन्छ। ७२ वर्ष पार गरिसकेका राइट ब्याक अल्बर्टोले पेलेसँग खेलेका थिए। मेक्सिको सिटीको फाइनलमा उनले विश्वकप फुटबलमा एक उत्कृष्ट गोल गरेका थिए। उनले पेलेको पासमा गरेको गोल चर्चित गोलमा पर्दछ।

उनको निधनमा शोकमग्न बनेका पेलेले सामाजिक सन्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। पेलेले अल्बर्टोको तस्बिरसहित पोस्ट गरेका छन्, 'साथी र दाइ कार्लोजको निधनले मलाई मर्माहत बनाएको छ। आदरणीय भगवान्सँग उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु।'

अल्बर्टोको हृदयघातका कारण रियो दी जेनेरियोमा निधनको स्पोर्ट्स टिभीले जनाएको छ। निधनको खबर आएपश्चात विश्वभरबाट श्रद्धाञ्जली व्यक्त भएको छ।

पूर्व बार्सिलोनाका खेलाडी रोनाल्डिन्होले भने, 'मैदान बाहिर र भित्र दुवैमा एउटा उदाहरणीय नेतृत्वकर्ता थिए उनी। मलाई सधँै मिहिनत गर्न ऊर्जा दिने उहाँ मेरो महान साथी थिए।' २००२ को विश्वकप विजेता एवं एसी मिलान, पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी रोनाल्डिन्होले थपे, 'हार्दिक श्रद्धाञ्जली सर्वकालीन कप्तानप्रति।'

१९४४ मा ब्राजिलको कापिटाओमा जन्मिएका अल्बर्टोले पेलेसँगै सान्तोस क्लबबाट १९६६ देखि १९७४ सम्म खेलेका थिए। न्युयोर्क कसमसबाट १९७७ देखि १९७४ सम्म खेलेपछि उनले फ्लुमिनिजबाट खेले। उनले ब्राजिल राष्ट्रिय टोलीबाट ५० भन्दा धेरै खेल खेलेका छन्। घाइते भएका कारण अल्बर्टोे १९७४ को विश्वकप उपाधि रक्षा सहभागी हुन पाएनन्। २००४ फिफाले सार्वजनिक गरेको १०० सय जीवित महान खेलाडीको मनोनयनमा उनी परेका थिए।

'साथीभन्दा धेरै उनी मेरो दाइ थिए,' १९७० को राष्ट्रिय टोलीका मिडफिल्डर क्लोडोल्डोले भने, 'हामी हरेक समय एकअर्का सँग कुरा गरिरहेका हुन्थ्यौँ। जब मैले त्यो खबर सुनँे मलाई पक्षघात भएको थियो।'

१९७० को अर्का सहकर्मी जर्सनले अल्बर्टो जस्तो कप्तान पाउन मुस्किल हुने बताए। उनले भने, 'हाम्रा  लागि उनी ज्यादै महŒवपूर्ण थिए। मैदानभित्र र बाहिर हरेक ठाउँमा उनको भूमिका महŒवपूर्ण थियो। हामीले उनी जस्तो नेतृत्व पाउन सक्नेछैनौं।'

अल्बर्टोले १९८२ मा संन्यास लिँदै फ्लेमिङ्गोबाट प्रशिक्षक करिअर  सुरुगरेका थिए। फुटबल करिअरमा उनले अमेरिका, कोलम्बिया, मेक्सिको, ओमान र अजरबैजान लगायतको क्लबबाट उपाधि जितेका छन्। प्रशिक्षण गर्ने काम छोडेपछि अल्बर्टोले पछिल्लो समय टेलिभिजन कमेन्टेरको रुपमा स्पोर्टस टिभीमा काम गरिरहेका थिए।

प्रकाशित: ११ कार्तिक २०७३ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App