७ वैशाख २०८१ शुक्रबार
समाज

'कमसल सामाग्री प्रयोग भयो, काम रोक्नुहाेस'

सडक निर्माणमा प्रयोग भएको कमसल इट्टा

भैरहवा– रुपन्देहीको दक्षिण पश्चिम क्षेत्र मर्चवार समय समयमा चर्चामा आउने गर्दछ। अन्न भण्डारको रुपमा परिचित यो क्षेत्र विकासमा पछि छ।

स्थानीय निकायले पनि याे क्षेत्रकाे विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिइरहेकाे भएपनि यहाँ विकास निर्माणकाे काममा अनियमितता भएकाे पाइएकाे छ। काममा अनियमितता तथा लापारवाही भएको खबर पाएपछि गाउँपालिका अध्यक्षले अनुगमन तथा निरीक्षण गरी लागत अनुमान अनुसारको सामाग्री प्रयोग नगरी कमसल सामाग्री प्रयोग गर्नेलाई कार्वाही थालेका छन्।

सम्मरीमाई गाउँपालिका  निर्माण भई रहेको बाटोमा कमसल सामाग्री प्रयोग गरिए पछि गाउँपालिकाले तत्काल उक्त बाटोको निर्माण रोक्न निर्देशन दिई गुणस्तरीय समानको प्रयोग गरेर मात्र सडक निर्माण काम अगाडि बढाउन निर्देशन दिएको हो।

इटा सोलिङ्ग गरी बाटो निर्माण गरिनु पर्नेमा उक्त बाटोमा कमसल इटा तथा निर्माण कार्य पनि सन्तोषजनक नभएकोले निर्माण कार्य रोक्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले बताए। उनले ग्रामीण क्षेत्रको विकासको लागी गाउँपालिकाले लगानी गरेको रकममा अनियमितता हुन नदिने समेत बताए।

विभिन्न उपभोक्ता समिति मार्फत निर्माण भइ रहेको गुलरिहा तथा थुम्हवाको २ वटा बाटोमा कमसल इटा प्रयोग गरिएको स्थलगत अनुगमनबाट देखिएको उनले बताए। स्थानीयहरुको चर्को गुनासो पछि गाउँपालिका अध्यक्ष शुक्ला आफै अनुगमनमा गएका थिए।

उनले कमसल सामाग्री प्रयोग गरी बाटो निर्माणको कार्य रोक्का मात्र नगरी त्यस्तो कार्य गर्नेलाई कार्वाही गर्ने समेत बताए। ‘अहिले असारे बजेट सकाउने चटारोमा धेरै अनियमितता हुने र सामाग्री समेत कमसल प्रयोग हुने सम्भावना रहेको हुन्छ, त्यसकारण अनुगमन आवश्यक रहेको छ ।’ शुक्लाले भने ।
 

 

प्रकाशित: १८ जेष्ठ २०७६ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App