८ वैशाख २०८१ शनिबार
समाज

गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार

धनगढी - बाजुराबाट एक सुत्केरी महिलाको उद्धार गरी नेपालगञ्ज ल्याइएको छ। बुढीनन्दा नगरपालिका १० रावत बाडाकी  २२ वर्षीया रमिला रोकायालाई  हेलीकप्टरमार्फत उद्दार गरिएको हो।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गए राति भर्ना गरिएकी रोकायाको सहजै प्रसूती हुन नसकेपछि स्वास्थ्य चौकीले नेपालगञ्ज लैजान भनेको थियो। लगत्तै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीलाई खबर गरेपछि तत्काल हेलिकप्टरको व्यवस्था गरिएको हो ।
    रोकायालाई कोल्टी विमान स्थलबाट हेलिकप्टरमार्फट कोहलपुर मेडिकल कलेज लगेको सामाजिक विकास मन्त्रालयको निजी सचिवालयले बताएको छ। सामाजिक विकास मन्त्री कृष्ण सुवेदीको निर्देशनमा यस अघि पनि जिल्लाका तीन जना सुत्केरी तथा विरामीको उद्धार गरिएको छ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दुर्गम पहाडी जिल्लाका विकट बस्तीमा सुत्केरी तथा प्राकृतिक प्रकोपका घटनाबाट विरामी परेका र तत्काल उद्दार गर्नु पनि विपन्न परिवारका व्यक्तिहरुको उपचारका लागि उद्दार गर्ने गरेको छ। चिकित्सकको दरबन्दी भएपनि कर्मचारी नहुँदा अन्य उपचारका पनि समस्या हुने गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App