ओलीले राणा र पञ्चायत बिर्साउँदैछन्: कोइराला

शनिबार, १८ जेठ २०७६, १० : ३७ रेखा भुसाल

बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक लोकतान्त्रिक पद्धतीमा चल्न छोडेको बताएका छन्। नेपाल शिक्षक संघ प्रदेश नं ५ को सभालार्इ बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले दुइ तिहाइको सरकारले राणा र पञ्चायतलाइ बिर्साउने गरी मुलुकलाइ हुकुमी शासनमा चलाइरहहेको आरोप लगाए। ‘प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको अत्यन्तै भोको छन। सर्वसत्तावादको पर्याय बनेका छन’ नेता कोइरालाले भने।

सरकार संघीयता प्रति इमान्दार नभएको  दावी गर्दै उनले संघीयता सफल बनाउने मुल दायित्व काग्रेसको काधमा रहेको बताए। प्रदेशलाइ ६ र स्थानीय सरकारलाइ १४ प्रतिशत बजेट छुट्याइनुले पनि ओली सरकार संघियता सफल गराउन चाहदैन भन्ने कुरालाइ पुष्टि गरेको नेता कोइरालाको भनाइ छ। भुमाफिया, राजनितीज्ञ र व्यापारी मिलेर सरकारी जग्गा धमाधम बेचीनुले पनि सरकारले देशलाई उल्टो बाटोमा डोराइरहेको पुष्टि गरेको बताए।

मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक र प्रधानमन्त्रिले सेना परिचालन गर्ने विधेयक पास भए लोकतन्त्रको समाप्ती भएर  निरंकुश शासन सुरु हुने जिकिर गरे। लोकतन्त्रमाथि चौतर्फी हमला भइरहेकाले कांग्रेसका कार्यकर्ता सचेत हुनुपर्ने धारणा व्यक्त गरे।

सांसद सन्जय गौतम, अम्रेशकुमार सिंह, प्रदेश सांसद वीरबहादुर राना , नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठ , काँग्रेस रुपन्देहीका क्षेत्रीय सभापती हरी लम्साल,शिक्षक संघका केन्द्रिय  उपाध्यक्ष भरत लम्साल, अमर खड्का, महासचिव सोमनाथ गिरी, धना भण्डारी,नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अमर योगी महासचिव कृष्ण पंगेनी लगायतले बोल्दै दुइ तिहाइको दम्भमा सर्बसत्तावाद लादेर जनतामाथि शासन जमाउन खोजिएको आरोप लगाए।

कार्यक्रममा बोल्ने शिक्षक संघका नेताहरुले स्थानीय सरकारले सरुवा र बढुवाको नाममा शिक्षकहरु माथि राजनीतिक हस्तक्षेप र विभेद गरेको भन्दै संघले देशव्यापी रुपमा त्यसको प्रतिकार गर्ने चेतावनी पनि दिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad