८ वैशाख २०८१ शनिबार
खेल

समलिंगीको खेलजीवन सजिलो बन्दै

लन्डन- बिबिसीको एउटा सर्वेक्षण प्रतिवेदन सार्वजनिक भएपछि समलिंगी खेलाडीलाई सार्वजनिक रूपमा खेलजीवन अघि बढाउन सजिलो हुने देखिएको छ।

बिबिसीको सर्वेक्षणमा ८२ प्रतिशतले आफूले समर्थन गर्ने क्लबले समलिंगी खेलाडी अनुबन्ध गरे निराश नहुने बताएका छन्। बिबिसी रेडियो फाइभले ४ हजार जनासँग प्रत्यक्ष गरेको सर्वेक्षणमा ८ प्रतिशत फुटबल समर्थकले भने आफूले समर्थन गर्ने क्लबले समलिंगी खेलाडी अनुबन्ध गरे त्यो क्लब परित्याग गर्ने बताए। जबकि फुटबलकै ७१ प्रतिशत समर्थकले भने समलिंगी व्यवहारबारे जनचेतना जगाउने काम क्लबहरूले गर्नुपर्ने विचार राखे।

इङ्ल्यान्ड फुटबल संघ (एफए) का अध्यक्ष ग्रेग क्लार्कले संसद्को संस्कृति, संचार तथा खेलकुद कमिटीमा बोल्ने क्रममा आफू समलिंगी खेलाडी सार्वजनिक रूपमा प्रस्तुत हुने कुरालाई सहयोग गर्ने पक्षमा नरहेको बताएका थिए। क्लार्क समलिंगी खेलाडीप्रति अनुदार भएपछि यो विषय इङ्लिस फुटबलमा पछिल्लो समय चासोको विषय बनेको छ।

जर्मनीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी थोमस हिट्जस्पर्गर सम्भवत आफू समलिंगी भएको घोषणा गर्ने इतिहासकै सबैभन्दा स्टार खेलाडी हुन्। तर उनले पनि यस्तो घोषणा गर्न संन्याससम्म कुरेका थिए।

प्रकाशित: ११ कार्तिक २०७३ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App