८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गोप्य सूचना चुहाएको आरोपमा सेनाका उच्च अधिकारीलाई मृत्युदण्डको फैसला

एजेन्सी - पाकिस्तानमा गोप्य सूचना चुहाएको आरोपमा सेनाका दुई उच्च अधिकारीलाई मृत्युदण्डको फैसला भएको छ भने एक अधिकारीलाई जन्म कैदको फैसला भएको छ।

सैनिक अदालतले गोप्य सूचना चुहाइ जासुसी गरेको आरोपमा सेनाका एक ब्रिगेडियर र एक सरकारी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाएको छ । त्यस्तै सेनाका पूर्व जनरललाई भने जन्मकैदको फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन्।पाकिस्तानले सेनाले उनीहरुमाथि विदेशी कूटनीतिक नियोग तथा एजेन्सीहरुलाई गम्भीर प्रकृतिका सूचनाहरु प्रवाह गरेको आरोप लगाएको छ।

अवकास प्राप्त लेफ्टिनेन्ट जनरल जावेद इक्बाललाई १४ वर्षको श्रम कदै फैसला गरिएको छ, पाकिस्तानमा यसलाई जन्मकैद मानिन्छ । सेवामा रहेका बेला इक्वाल सेनाको महत्वपूर्ण जिम्मेवारीमा थिए । उनले देश भित्र र बाहिर अवलम्बन गरिने सैने रणनीति बनाउनेसहितका जिम्मेवारी सम्हालेका थिए ।

सेनाका पूर्व ब्रिगेडियर राजा रिज्वानलाई मृत्युदण्डको फैसला भएको छ । यस्तै सरकारको संवेदनशील संस्थामा कार्यरत वासिम अक्रम नाम गरेका डाक्टरलाई पनि मृत्युदण्डको फैसला भएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App