७ वैशाख २०८१ शुक्रबार
खेल

सेपाकताक्रोमा नेपाललाई दुई कांस्य

काठमाडौं- थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ। नेपाल सेपाकताक्रो संघले बुधबार पत्रकार सम्मेलनबाट वार्षिक कार्यक्रम सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष नेत्रप्रसाद लिम्बुले नेपालले दुई कांस्य पदक जितेको जानकारी गराए।

अक्टोबर १७ देखि २३ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीले रेगु इभेन्ट र डबल इभेन्टमा कांस्य पदक जितेको हो। नेपाली टोलीबाट अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलन गुरुङ, राजु तामाङ, शैलेश दाहाल, रोशन तामाङ, सुजन डंगोल, मुकुन्द गौतम र रुपेश सुनारले प्रतिस्पर्धा गरेका थिए। टिम प्रशिक्षकमा गंगा गुरुङ छन्।

सेपाकताक्रो संघका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सीताराम मास्के एसियाली सेपाकताक्रो महासंघको उपाध्यक्षमा निर्विचित भएका छन्।

त्यस्तै दक्षिण एसियाली सेपाकताक्रो महासंघमा नेपालबाट पाँचजना निर्वाचित भए। अध्यक्षमा सीताराम मास्के, महासचिवमा ध्रुव गुरुङ, सचिवमा नेत्रप्रसाद गुरुङ तथा सदस्यमा राखेप सदस्यसचिव केशवकुमार विष्ट र गंगा गुरुङ निर्वाचित भएका छन्।

कार्यक्रममा जनवरी १३ देखि १५ तारिखसम्म श्रीलंकाको कोलम्बोमा हुने दोस्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगितामा नेपालले सहभागिता जनाउने तथा तेस्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगिता नेपालमै आयोजना गर्ने योजना बताइएको थियो।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App