८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

एजेन्सी - एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ। भ्वाइस अफ अमेरिकाकाअनुसार अमेरिकारमा भर्जिनियाको एक भवनमा भएको आक्रमणमा ६ जना घाइते भएका छन्। घाइते हुनेमा एक प्रहरी अधिकारी समेत रहेको बताइएको छ।  गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सरकारी कार्यालयमा आक्रमण गर्ने आक्रमणकारी सोही कार्यालयमा कार्यरत कर्मचारी रहेका बताइएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।

 

प्रकाशित: १८ जेष्ठ २०७६ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App