सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

शुक्रबार, १७ जेठ २०७६, १८ : ५७ नागरिक

कर्णाली - कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्दै उनले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताए। मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।

‘कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्,’ उनले भने, “सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।” उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र आयुर्वेद अस्पतालको स्तरोन्नति र शिक्षालय स्थापना गर्ने विषय समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

वीरेन्द्रनगरका पूर्व नगरप्रमुख बालाराम शर्माले वैकल्पिक चिकित्सा पद्धतिको विकास तथा विस्तारका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । अस्पतालका पूर्व अध्यक्ष ओमबहादुर बोहराले आयुर्वेद क्षेत्र ओझेलमा परेको भन्दै आश्वासनमा मात्र नभई ठोस कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरे।

आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले जनशक्ति र भौतिक संरचना अभावले सेवा विस्तार गर्न कठिनाइ भएको गुनासो गरे । कर्णालीका साथै सुदूरपश्चिमका अछाम, पाँच ५ नं प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लाबाट बिरामी आउने जानकारी दिए। औषधालयले प्रदेश सरकारको सहयोगमा ३२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad