coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खसीको भन्दै बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

नेपालगञ्ज– खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित ‘बब्लु फ्रेस हाउस’का सञ्चालक सवानअली कुरेसीलाई कारवाही गरिएको हो।

पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा शितलबाबु श्रेष्ठका अनुसार  अनुगमनका त्रममा कुरेसीले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपमहानगरपालिका र प्रहरीसहितको टोलीले मासु पसलको अनुगमन गरेको हो।

अनुगमन गर्न आएको थाहा पाएपछि अधिकांश मासु पसले पसल बन्द गरी भागेका थिए। सो क्रममा पसल दर्ता नगरी सञ्चालनमा आएका ६ मासु पसलमा ताला लगाइएको छ। रासस

प्रकाशित: १७ जेष्ठ २०७६ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App