तीन दिनपछि विद्यालयको तालाबन्दी खुला

शुक्रबार, १७ जेठ २०७६, १७ : ५७ नागरिक

महोत्तरी – दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ।

आयोग लडेर नयाँ शिक्षकका रुपमा हाजिर हुन आएका शिक्षक दिनेश दासलाई दलित भएकै कारण प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराउँदा गत मङ्गलबारदेखि तालाबन्दी रहेको सो विद्यालयमा आज दलित शिक्षकलाई हाजिर गराइएसँगै तालाबन्दी खोलिएको पिपरा गाउँपालिकाकी उपाध्यक्ष नुनुवति दासले बताए।  

सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापकले हाजिर नगराएपछि स्थानीयहरुले सो विद्यालयमा तालाबन्दी गरिदिएका थिए। सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयका शिक्षकका रुपमा आउनुभएका दिनेश दासलाई त्यस विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण त्यस विद्यालयमा हाजिर हुन नदिएपछि मङ्गलबार भएको तालाबन्दीले तीन दिनसम्म सो विद्यालयको पठनपाठन ठप्प रहेको थियो।

एक साताअघि त्यस विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले हाजिर नै नगराउने भनेपछि मङ्गलबार करीब सय जनाको सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरेका थिए।
 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad