लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

शुक्रबार, १७ जेठ २०७६, १७ : ०९ नागरिक

विमलबहादुर विष्ट
डोटी - समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ ९पाठेघर० खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन्। समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताए।

उनले भने, “हामीले जिल्लामा कैयौँ पटक पाठेघर खसेकामहिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यौं। तरहाम्रो लक्ष्यअनुसार उहाँहरु आउनुभएन, कारण के भन्दा समाजको लाज रहेछ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा करीब तीन÷चार दर्जन बढी पाठेघर खसेका महिला छन् । जो समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराकी तुलसी विष्टले बताए ।

उनले भने, “हामीले गाउँघरमा अधिकांश महिला पाठेघरको समस्या भएको पाएका छौँ, उनीहरुले आफ्ना श्रीमान्लाई पनि दोस्रो विवाह गर्ने गर्ला भन्ने डरले नभन्ने गरेको बुझयौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।” आफ्नो ज्यान नै जोखिममा राखेर यहाँका महिला रोग लुकाउने गरेको डा मिश्रले बताए ।

उनले भने, “ज्यान जोगाउनबाट बचाउनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् ।” जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिए पनि लाजका कारण महिला नआउने गरेको चिकित्सक बताउँछन् । (रासस)







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad