८ वैशाख २०८१ शनिबार
खेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पटवाल

काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्। 

उनीसँग राष्ट्रिय खेलकुद परिषदले १ वर्षका लागि मुख्य प्रशिक्षकका रूपमा सम्झाैता गर्ने तयारी रहेको राखेप सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए। पटवालले यस अघि पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्टको भूमिका निर्वाह गरिसकेका छन्। राखेपले पटवालसँग शुक्रबार एक वर्षका लागि मुख्य प्रशिक्षकको सम्झौता गर्ने कार्यक्रम छ।  उनलाई मासिक ७ हजार डलर  पारिश्रमिक दिने तयारी रहेको छ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले तलब निकासा गर्छ ।

यसअघि जगत टमाटाले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७६ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App