ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम

शुक्रबार, १७ जेठ २०७६, १५ : २८ शम्सेर विक्रम जिसी

प्यूठान– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने बताएका छन्। शुक्रबार प्रेस सगंठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले यस्तो बताएका हुन्।

‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन’ उनले भने। नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्ने बताएका छन्। ‘सहमति जे भएको छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ।’ उनले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली देश बाहिरि भएका बेला गौतमको भनाई राजनीतिमा तरंग ल्याएको छ।

त्यस्तै उनले देशको आर्थिक विकासका लागी ऋण आवश्यक भएको बताएका छन्।  गर्दै नेता गौतमले ऋण लिएकै कारण अमेरिका अहिले विश्वको सबैभन्दा शक्तिशाली र विकसित भएको बताए। ‘जसले बढि ऋणको प्रयोग गर्न सक्छ उसैले विकास गर्न सक्छ।’ उनले भने,‘नेपालका विकासका लागी विदेशी लगानी र ऋण महत्वपुर्ण हो।’

नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गर्न खोज । ‘जनताको चाहना र आकांक्षा अनुसार बजेट आएको छ।’ उनले भने, ‘जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको छ।’ सरकारले अगाडी सारेका कार्यक्रमहरु कार्यन्वयन भएरै छाड्ने दाबी पनि गरे। वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘ऋण लिनैपर्छ। विकासका लागि विकसित देशहरुले पनि लिएका छन्। ऋणले नै देशलाई विकसित बनाउन पहल गर्छ।’

स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा गौतमले जोड दिएका छन्। सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यन्वयनमा अघि बढिरहेको र नेकपा नेतृत्व सरकारकै पालामा देशलाइ नयाँ युगमा प्रवेश गराउने बताए। ‘सिष्टममा केही अफ्ठ्यारा छन, अब सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ’, नेता गौतमले भने। मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ। भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैरकानुनी काम झनै बढेको उनको दाबी छ।

गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसबारे बोल्दै उनले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे।







यसमा तपाईको मत

अन्य समाचार

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

Ncell Footer Ad