आफ्नै पसलमा चोरी गर्ने पक्राउ

शुक्रबार, १७ जेठ २०७६, १३ : ४० नागरिक

हेटाैंडा– बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ।

घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट तीन लाख १२ हजार रुपैयाँ नगदसहित ३२ लाख ९३ हजार २८४ रुपैयाँ मूल्य बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा घिमिरे स्वयंले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाइएको छ। मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बैंकको ऋण तिर्न तथा बीमा रकम प्राप्त गर्नका लागि धिमिरेले योजनाबद्धरुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताउँदै चोरी भएको भनिएको सामग्री हेटौँडा–४ पारिजातपथमा एक घरबाट बरामद गरेको जानकारी दिए।

बैंकले ५० लाख रुपैयाँ ऋण तिर्नका लागि निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। उनलाई आजदेखि म्याद थप गरी थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारीसमेत गर्ने प्रहरीको भनाइ छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad