६ वैशाख २०८१ बिहीबार
समाज

अख्तियारमा डिआईजी सुवेदी

काठमाडौं- गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त सुरक्षा महाशाखा प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) देवेन्द्र सुवेदीलाई पठाउने निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयको अन्वेषण तथा योजना महाशाखा प्रमुख रहेका सुवेदी अब्बल अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन्। विवादरहित मानिने प्रहरी अधिकारी सुवेदीलाई गृह मन्त्रालयको निर्णयमा अख्तियार पठाउने तयारी भएको हो। अख्तियारका डिआइजी हेमन्त मल्ल केन्द्रीय प्रवक्तामा आएपछि अख्तियारको सुरक्षा महाशाखा रिक्त थियो।

प्रहरीबाट सञ्चालित ठूला र सफल अपरेसनको नेतृत्व गरेका डिआईजी सुवेदी अपराध अनुसन्धान महाशाखा, लागूऔषध नियन्त्रण ब्युरो र क्षेत्रीय प्रहरी प्रमुखका रुपमा काम गरिसकेका अधिकारी हुन्।

प्रवक्ता मल्लले बुधबार भने, 'डिआइजी सुवेदीलाई अख्तियार पठाउने निर्णय भइसकेको छ, केही दिनमा जाने तयारी छ।' प्रहरी प्रधान कार्यालयका अनुसार बदलिएको परिस्थितिमा कमान्ड लिन सक्ने र विवादरहित प्रहरी अधिकारी पठाउने छलफलपछि गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सामूहिक निर्णयमा सुवेदीलाई अख्तियार पठाइएको हो।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App