coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टीकापुर खानेपानीमा सचिव बाहेक नेकपा प्यानल नै विजयी

टीकापुर - टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थामा सचिव बाहेक सबै पदमा नेकपा नेतृत्वको प्यानल विजयी भएको छ। सचिवमा काँग्रेसका नरेशकुमार खत्री मात्रै एक्लो उम्मेदवार विजयी भएका छन्। उनले नेकपाका सुरतबहादुर कुँवरलाई ७१ मतले पछि पारेका हुन्। खत्रीले ३५९ र कुँवरले २८८ मत पाएका छन्।

अध्यक्षमा नेकपाका भैरवसिँह रावलले काँग्रेसका नवराज रावललाई २१ मतले पछि पार्दै विजयी भए। भैरवले ३३५ र नवराजले ३१४ मत प्राप्त गरेका छन्। वर्तमान कार्य समितिमा नवराज अध्यक्ष र भैरवसिँह सचिव थिए। त्यस्तै उपाध्यक्षमा गोपीराम जैशीले ३२४ मत र कोषाध्यक्षमा विश्राम थारुले २८६ मत प्राप्त विजय भएका छन्। पाँच जना सदस्यमा सरिता रावल थापा (३०५), बलबहादुर कामी (२९, किर्तिबहादुर रोकाया (२९१, सृजना शर्मा पण्डित (२०) र कृष्णीदेवी चौधरी (२७३) मत प्राप्त गरी विजयी भएका छन्।

संस्थाको नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए। आगामी तीनवर्षे कार्यकालका लागि जेठ १६ गते भएको निर्वाचनमा ७८४ मतदाताले निर्वाचनमा भाग लिएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App