coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘अवसर पाउँदा महिला सधैं अब्बल’

प्रथम राष्ट्रिय महिला अविसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली। तस्बिर: नागरिक

काठमाडौं - प्रथम राष्ट्रिय महिला अधिकार दिवस शुक्रबार काठमाडौंमा मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक वर्ष जेठ १६ लाई प्रेरणा र ऊर्जाको रुपमा मनाउनुपर्ने बताए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महिलाको लागि व्यवस्था भएका अधिकार कार्यान्वयनमा समस्या आए पनि सुधार गर्दै लगिने प्रतिबद्धता पनि जनाए।

मौका पाएर काम गरेका महिलाहरुले आफ्नो काममा क्षमता देखाउन सफल भएको बताउँदै उनले महिलाहरुलाई सार्वजनिक क्षेत्रमा सहभागिता गराउने सन्दर्भमा नेपाल विश्वका विकसित देशभन्दा अघि रहेको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘मुख्य पदमा मेयर पुरुष, उपमेयर महिला, अध्यक्ष पुरुष, उपाध्यक्ष महिला देखिए पनि माथिल्लो तहबाट राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष हुँदै सुधारेका छौं,’ उनले भने।

नेपालमा महिलालाई अग्रस्थानमा राखिएको जिकीर गर्दै प्रधानमन्त्री ओलीले महिला सहभागिता ४० प्रतिशत छ भनी भन्न पाउनु गौरवको कुरा भएको बताए। नेपाली महिलाहरुमा असाधारण क्षमता रहेको र कुनै पनि क्षेत्रमा महिलाको क्षमताको कमी नरहेको उनले बताए। २०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, सम्पत्तिको अधिकार, आमा वा बुवाको नामबाट नागरिकता, महिलाविरोधी कानुन खारेज जस्ता विषय समेटेर तत्कालीन सांसद विद्यादेवी भण्डारीलगायत चारजनाको टिमले पेश गरेको उपलब्धि रहेको उनले बताए।

‘महिलाको लागि आवश्यक कानुन र सार्वजनिक महत्वको प्रस्ताव आजकै दिनमा पारित भएको थियो,’ उनले भने। हरेक वर्ष यही दिनको सम्झनामा यस वर्षदेखि पहिलो पटक राष्ट्रिय महिला अधिकार दिवस मनाउनुपर्ने उनले बताए। तत्कालीन प्रस्ताव पेस गर्नु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिँदै महलिाहरुलाई क्षमतावृद्धि र अवसरका लागि तम्तयार बस्नु भनी सबैलाई प्रधानमन्त्री ओलीले आग्रह गरे।

इतिहासदेखि महिलाको योगदान सम्झँदा योगमाया न्यौपानेको योगदानलाई सम्मान गर्नुपर्ने उनले बताए। साहित्यको माध्यमबाट विद्रोहको स्वर, सामाजिक न्याय र परिवर्तनको लागि महिलाले गरेको योगदान अतुलनीय रहको उनले बताए। पुरुष सोचको विरुद्धमा सधैं अग्रसर रही समान हकअधिकारको निम्त अग्रसर महिलाहरुको उपलब्धिको खुसीमा दिपावली मनाएर खुसी मनाउन सम्पूर्ण महिलाहरुलाई आग्रह समेत गरे।

कार्यक्रममा देशको ७७ रै जिल्लाबाट प्रतिनिधि, विभिन्न सामाजिक अभियान्ता, महिला सरोकार महिलाहरुको उपस्थिति रहेको थियो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित, पूर्वसांसद नवराज सुवेदी, नारयणप्रसाद साउदलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App