७ वैशाख २०८१ शुक्रबार
खेल

सुदूरपश्चिम र प्रदेश–५ ले अंक बाँडे

काठमाडौं – वर्षाले खेल हुन नसकेपछि सुदूरपश्चिम र प्रदेश–५ ले राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार अंक बाँडेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सुदूरपश्चिमले सबै विकेट गुमाएर दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश–५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रन जोड्दा पानी परेपछि खेल रद्द भएको हो। एकदिवसीय संरचनामा पहिलो इनिङको समाप्ती र दोस्रो इनिङको २० ओभरको खेल भएपछि मात्र डिएल मेथडबाट निर्णय लिइन्छ।

तर, डिएल मेथडको निर्णयका लागि ओभर बाँकी रहेको हुँदा दुवै टोलीलाई अंक बाँडिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर १ सय ८८ रन जोड्न सफल भएको थियो। खेलमा सुदूरपश्चिमका लागि खड्ग बोहोराले अर्धसतकीय इनिङ खेल्दा नरेश बोहोराले ३१ तथा नरेन्द्र साउदले २१ रन जोडेका थिए। बाँकी ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन्।

जवाफी ब्याटिङ गरेको प्रदेश–५ ले वर्षा हुनअघि १९ ओभरको  समाप्तिमा ४ विकेट गुमाएर ५६ रन जोडेको थियो। प्रदेश–५ का लागि ओपनर सुवेन्दु पाण्डेले सर्वाधिक २९ रन जोड्नबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन्। प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन्। मूलपानीमा हुने खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशको सामना गर्दा अर्को खेलमा प्रदेश–१ ले त्रिभुवन विश्वविद्यालयको मैदानमा कर्णाली प्रदेशविरुद्ध खेल्नेछ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App