७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप क्रिकेटको इतिहास फर्केर हेर्दा

लन्डन – १० राष्ट्रको सहभागिता रहेको विश्वपकप क्रिकेट २०१९ बिहीबारबाट इङल्यान्डमा सुरु भएको छ। प्रतियोगिताको यो १२औं संस्करण हो। सन् १९७५ देखि इङ्ल्यान्डबाट सुरु भएको विश्वकप १२औं संस्करणसम्म आइपुग्दा कयौं किसिमका रोमाञ्चक घटनाहरू भएका छन्। सन् २०१९ मा जारी १२औं संस्करण पनि इङ्ल्यान्डमै भइरहेको छ। यहाँसम्म आइपुग्दा एकदिवसीय विश्वकप क्रिकेटको इतिहासलाई फर्केर हेर्दाः

सन् १९७५ मा वेस्ट इन्डिजको जादु
इङ्ल्यान्डमा सम्पन्न विश्वकपको पहिलो संस्करणमा वेस्ट इन्डिजले सीमित ओभरका अनुभवी खेलाडीलाई समेट्दै टोलीको घोषणा गरेको थियो। टोलीको कप्तानी भने क्लिभ लोयडले गरेका थिए। लोयडकै १ सय २ रन मद्दतमा वेस्ट इन्डिज लडर््समा सम्पन्न फाइनलमा अस्ट्रेलियालाई १७ रनले निराश पार्दै पहिलो विश्वविजेता बनेको थियो।

सन् १९७९ मा पनि वेस्ट इन्डिजको दबदबा
पहिलो विश्वकपमा सहभागीभन्दा थप सुदृढ र सन्तुलित बनेको थियो, वेस्ट इन्डिजको टोली। जहाँ टोलीको तीव्र गतिको बलिङ आक्रमण मोर्चा एन्डी रोबर्टस, मिचेल होल्डिङ, जोयल ग्रानर र कोलिन क्रोफ्टले गरेका थिए।
भिभिड रिचार्डले आयोजक इङल्यान्डविरुद्धको फाइनलमा १ सय ३८ रनको उत्कृष्ट इनिङ खेलेपछि साबिकको विजेता वेस्ट इन्डिजले दोस्रो संस्करणको विश्वकप उपाधि रक्षा गरेको थियो। इङ्ल्यान्डका कोलिस किङले ८६ रनको योगदान गरे पनि २ सय ८७ रनको लक्ष्य पछ्याएको इङल्यान्ड अन्तत् ९२ रनले निराश बनेको थियो।

१९८३ भारतको आश्चर्यजनक उदय
तेस्रो संस्करणको विश्वकपमा पनि वेस्ट इन्डिज हाबी हुने सबैको अनुमान थियो। अनुमानअनुरूप वेस्ट इन्डिजले तेस्रो पटक फाइनलमा स्थान पनि बनायो। उसको उपाधि प्रतिद्वन्द्वी थियो, भारत।

समूह चरणमा वेस्ट इन्डिजलाई स्तब्ध पारेको भारत फाइनलमा भने १ सय ८३ रनमा सीमित बनेपछि खेल वेस्ट इन्डिजको पक्षमा ढल्किएको थियो। तर, कप्तान कपिल देवले भिभिड रिचार्डसको निर्णायक क्याच लिएसँगै भारत ४३ रनको जितका साथ नयाँ विश्वविजेता बनेको थियो।

१९८७ मा एसियामा चम्किँएको अस्ट्रेलिया
पहिलो पटक एसियाली महाद्वीपमा भएको विश्वकपको फाइनमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने समाने हुने धेरेको अनुमान थियो। तर त्यसको ठीक विपरीत उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्ड भिडेका थिए। कोलकातास्थित इडेन गार्डेनमा भएको फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७ रनको रोमाञ्चक जित हात पारेको थियो।

 १९९२ मा पाकिस्तानको उदय
अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा दक्षिण अफ्रिकाले दशकपछि सहभागिता जनाएको थियो। समूह चरणबाटै बाहिरने संघारमा रहेको पाकिस्तानले अन्तत् कप्तान इमरान खानको प्रेरणादायी प्रदर्शनमा फाइनल सम्मको यात्रा पक्का ग¥यो।
इङ्ल्यान्ड पुनः एक पटक फाइनलमा निराश बन्दा विश्वकपको इतिहास फेरी नयाँ राष्ट्र उदय भयो। पाकिस्तानले इमरानको ७२ रनमा प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय २७ रनमा अलआउट भएको थियो।

१९९६ को अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको उपस्थिती
श्रीलंकाले जितेको यो विश्वकप दुई बलिया राष्ट्रले समूह चरणको खेल बहिस्कार गर्दा चर्चित बनेको थियो। भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजले मैदान खेल्न उपयुक्त नभएको भन्दै घरेलु टोली श्रीलंकाविरुद्धको समूह चरण खेल बहिस्कार गरेका थिए।
तर फाइनल भेट भने श्रीलंका र अस्ट्रेलियाकै भयो। अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य श्रीलंकाले अरबिन्द डी सिल्भाको शतकको प्रेरणाबाट ३ विकेट क्षतिमा लक्ष्य पूरा गर्दै विश्वकपको उपाधि जितेको थियो।

१९९९ संयमित अस्ट्रेलिया
दोस्रो पटक विश्वकपको उपाधि जित्दा अस्ट्रेलियाले अधिकांश खेलमा संयमित प्रदर्शन गरेको थियो। इङ्ल्यान्डमा सम्पन्न त्यस विश्वकपमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गरेको थियो। जुन खेल निर्धारित ५० ओभरमा बराबरीमा सकिएको थियो। दक्षिण अफ्रिकाका एलन डोनाल्ड रनआउट भएपछि खेल टाई भएको थियो।

यस्तोमा अस्ट्रेलिया सुपरसिक्समा राम्रो नेट रनरेटका कारण फाइनल प्रवेश गरेको थियो। लडर््समा भएको फाइनलमा स्पिनर शेन वार्नरले ४ विकेट लिएपछि अस्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले निराश पा¥यो। फेरि, अस्ट्रेलिया च्याम्पियन हुनपुग्यो।

वार्नको अनुपस्थितीमा पनि २००३ मा अस्ट्रेलिया सफल
विश्वकप सुरु हुन एक दिन बाँकी हुँदा स्पिनर शेन वार्न ड्रग परीक्षणमा असफल भएपछि अस्ट्रेलियालाई ठूलो झड्का लागेको थियो। जोहान्सबर्गमा भएको फाइनलमा अस्ट्रेलियाले कप्तान रिकी पोन्टिङको अविजित १ सय ४० रनको प्रेरणाबाट भारतलाई १ सय २५ रनले हराउँदै पुनः विश्वकपको उपाधि उचाल्न सफल भयो।

२००९ मा उल्मरको निधनले विश्वकप छायाँमा
वेस्ट इन्डिजमा सम्पन्न यस विश्वकपमा पाकिस्तानी प्रशिक्षक बब उल्मरको निधनले छायाँमा परेको थियो। उल्मरको शव होटलको कोठामा फेला परेको थियो।
भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरएको थियो। बर्बाडोसमा भएको फाइनलमा अस्ट्रेलियाले एडम गिलक्रिस्टको शतकमा श्रीलंकालाई निराश पार्दै   लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भयो।

सन् २०११ तेन्दुलकरको सुखद बिदाइ
एसियाली महाद्वीपमा फर्किएको विश्वकपमा सबैको एउटै चासो थियो, सचिन तेन्दुलकरको बिदाइ कस्तो होला ? तेन्दुलकरको यो छैटाें पटक विश्वकपमा सहभागिता पनि थियो, साथै अन्तिम पनि।

भारतले क्वार्टरफाइनलमा अस्ट्रेलिया र सेमिफाइलमा पाकिस्तानलाई निराश पादै फाइनलको यात्रा तय गर्न सफल भयो। वाङखडे स्टेडियममा भएको फाइनलमा श्रीलंकालाई स्तब्ध बनाउँदै भारत दोस्रो पटक विश्व विजेता बन्न सफल भयो। साथै तेन्दुलकर बिदाइ पनि सुखद बनेको थियो।

सन् २०१५ अस्ट्रेलियाको पुनरागमन
२०१५ को विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए। जहाँ फाइनलमा पनि दुई आयोजक टोली नै पुगेका थिए। अस्ट्रेलियाले मिचेल स्टार्कको प्रेरणादायी प्रदर्शनबाट फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो।

सन् १९९६ मा भारत, पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा सम्पन्न विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजले मैदान खेल्न उपयुक्त नभएको भन्दै घरेलु टोली श्रीलंकाविरुद्धको समूह चरण खेल बहिस्कार गरेका थिए। तर अस्ट्रेलियाले फाइनलमा श्रीलंकालाई नै प्रतिद्वन्द्वीको रूपमा पायो। २ सय ४२ रनको लक्ष्य पाएको श्रीलंकाले ३ विकेट क्षतिमा पूरा गर्दा विश्वकपको उपाधिसहित अस्ट्रेलियासँगको बदला पनि लिएको थियो।

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App