प्रहरीको कार्यशैली बदल्नु आवश्यकः मुख्यमन्त्री गुरुङ

बिहिबार, १६ जेठ २०७६, १७ : १७ नागरिक

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तत गरिनुपर्नेमा जोड दिएका छन्।

जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्मित व्यायामशाला आज उद्घाटन गर्दै उनले सम्पूर्ण पुरानो संरचना भत्काएर सङ्घीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनाका साथै प्रहरीको कार्यशैलीमा सुधार हुनुपर्नेमा जाेड दिए । मुख्यमन्त्री सुब्बाले भने, 'व्यवस्था, संरचना र संस्था बदलियो, अब नेपाल प्रहरीको कार्यशैली पनि बदल्नुपर्दछ, अबको हाम्रो दायित्व भनेको राजनीतिकीकरण, पार्टीकरण र मन्त्रीकरणबाट प्रहरीलाई सुधार्नु हो।'

चारवटै सुरक्षा निकायलाई बदलिएको परिस्थितिअनुसार लोकतान्त्रिकीकीरण, व्यावसायिकीकरण र साधान–स्रोतयुक्त बनाइनुुपर्नेमा उनको जोड थियो। गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्णबहादुर थापा, राजीव पहारी, प्रजिअ चक्रबहादुर बुढा, प्रहरी उपरीक्षक ओमबहादुर राना, नायब प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ, व्यायामशाला निर्माण समितिका अध्यक्ष गौतम थापालगायतले समुदाय प्रहरी साझेदारीबाट मात्र समाजमा शान्तिसुरक्षा र अमनचयन कायम हुनेजस्ता विषयमा चर्चा गरेका थिए।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुबाट सङ्कलित १३ लाख ५० हजार रुपैयाँको लागतमा सो व्यायामशाला निर्माण गरी जिल्ला प्रहरीलाई हस्तान्तण गरिएको थियो। व्यायामशाला निर्माणमा आर्थिक सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad