८ वैशाख २०८१ शनिबार
समाज

जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।

दायित्वच्यूत भएको जनगुनासोका आधारमा शिक्षकलाई संघीय तथा नगर शिक्षा नियमावली अनुशार निलम्बन गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको मेयर इवन राईले बताए।

विद्यालयमा नियमति हाजिर नहुने, पटक–पटक मापसे गरेर बिद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई सहयोग नगर्ने लगायतका गैर–जिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलीगेसन आएको आधारमा शिक्षकलाई निलम्बन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको नगरपालिका शिक्षकप्रति आक्रामक बनेको हो। पदीय जिम्मेवारी पूरा नगरेका दुई शिक्षकमाथि अवकाशको प्रकृया थालिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए। ‘यो अवकाशको पहिलो चरण हो। पूर्ण अवकाश होईन,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने, ‘छानबीनकाक्रममा अवकाश दिन नपर्ने अवस्था देखिए पुःन उहाँहरु आफ्नो जिम्मेवारीमा फर्कनुहुने छ।’

व्यवस्थापन समितिको बैठक बसिरहेकाक्रममा प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गर्दा शिक्षक खेमराजलाई बैसाख २७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App