जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको अर्थमन्त्रीकाे दाबी

बिहिबार, १६ जेठ २०७६, १६ : ५३ नागरिक

काठमाडाैं– अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन्।

अर्थमन्त्री खतिवडाले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको प्रष्टयाएका हुन्। बिहीबार अर्थ मन्त्रालयका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको बताए । उनले जनताको दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक वर्ष भित्र ७० वटा जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्न ५ अर्ब बजेटको व्यवस्था गरेको पनि स्मरण गराए। त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पु-याइएको बताए। खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या  समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको पनि दाबी गरे। गरिव र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको पनि उनले जिकिर गरे।

बजेटमा राज्यले संरक्षण गर्नुपर्ने जेष्ठ नागरिक, अपांग नागरिक, एकल महिलाहरुलाई दिईदै आएको भत्ता एक हजारका दरले वृद्धि गरिएको  छ। अर्थमन्त्री खतिवडाले राज्यले संरक्षण गर्नुपर्ने नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दिईदै आएको भत्तामा वृद्धि गरिएको पनि बताउनु भयो। युवा परिचालन, महिला हिंसा अन्त्य लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको छ। अर्थमन्त्री खतिवडाले कृषिलाई आधुनिकीकरण गर्न कृषि कर्जाको पनि व्यवस्था बजेटमा गरिएको दाबी गरे।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad