६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकपमा नयाँ भूमिकामा सचिन

काठमाडौं– मास्टर ब्लास्टरको नामले परिचित सचिन तेन्दुलकर विश्वकपमा कमेन्टेटरको भूमिकामा देखिएका छन्। इङ्ल्याण्ड र साउथ अफ्रिकाको म्याच भन्दा अगाडि उनी टिभी कमेन्टेटरको देखा परेका हुन्।

आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ। याे खेल अघि उनी स्टार स्पोट्र्सको कमेन्टेटरको रुपमा देखा परेका हुन्। विश्वकपको समयमा उनको खास कार्यक्रम ‘सचिन ओपन्स एगेन’ सञ्चालन हुनेछ।

भारतका लागि ६ वटा विश्वकप खेलिसकेका तेन्दुलकरले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए, जुन आफैँमा रेकर्ड हो।

प्रकाशित: १६ जेष्ठ २०७६ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App