प्रधानमन्त्री ओली भारत प्रस्थान

बिहिबार, १६ जेठ २०७६, १४ : ४६ नागरिक

1028918617307449/

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाले सलामी पनि अर्पण गरेको थियो।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेका थिए। प्रधानमन्त्री ओली आजै साँझ हुने मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोली स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला सहभागी भएका थिए। भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओेलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ। भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने सम्भावना रहेको बताइएकाे छ। प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad