७ वैशाख २०८१ शुक्रबार
समाज

रंगशालामा डोजर लगाउने नेकपाका नेता निलम्वित

चितवन-  भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको छ।  नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति प्रकाशित गर्दै रंगशालामा डोजर लगाउन नेतृत्व गर्ने प्रकाश कँडेल र भैरव बस्ताकोटीलाई कारबाही गरेको जनाएका छन्।

नेकपाका स्थानीय नेता कँडेललाई पार्टी सदस्य समेत नरहने गरी निलम्वन गरिएको परियारले जनाएका छन्। धुर्मुस-सुन्तली फाउन्डेसनलाई निर्माण विचलित नभइ लाग्न आग्रह गर्दै नेकपाले पीडकबाट क्षतिपुर्ती भराउन कारबाही गर्न समेत माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गएराति रामपुरबाट पक्राउ गरिसकेको छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए।  यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरिएको बताए।

 

 

प्रकाशित: १६ जेष्ठ २०७६ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App