७ वैशाख २०८१ शुक्रबार
राजनीति

दलीय सहकार्यको खाँचो छ– प्रचण्ड

क्याप्सन – प्रजातान्त्रिक योद्धा क्याप्टेन यज्ञ बहादुर थापाको शालिकको शिलान्यास गर्दै नेकपा अध्यक्ष प्रचण्ड, फोटो/नागरिक

सोलुखुम्बु - नेपाल कम्यूनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सम्वृद्धिको सपना साकार पार्न दलीय सहकार्यको खाँचो रहेको बताएका छन्। गणतन्त्र दिवसको अबसरमा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका २ पोखरेमा प्रजातान्त्रिक योद्धा क्याप्टेन यज्ञ बहादुर थापाको शालिकको शिलान्यास गर्न आईपुगेका प्रचण्डले जब सम्म विकासमा राजनितिक दल एक हुन सक्दैनन्, तब सम्म दिगो विकास सम्भव नभएको बताए।

उनले मूलुक शहिदको सपना पुरा गर्ने बाटोमै रहेको दाबी गरे। झण्डै ५ मिनेट प्रजातान्त्रिक योद्धा क्याप्टेन थापाको योगदानको चर्चा गरेका प्रचण्डले  गणतन्त्र स्थापना, संघीयता, समावेशीता र समानतामूलक समाज निर्माणमा थापाको योगदान खुलेरै प्रशंसा गरे। उनले भने, ‘हामी हजारौ शहिदले देखाएकै बाटोमा अघि बढेका छौ। शहिदको सपना साकारर पारेरै मूलुकलाई दिगो विकास र शान्तिको बाटोमा हिडाउछौँ।’

कार्यक्रममा पुर्वकानुनमन्त्री यज्ञ बहादुर थापा, प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सांसदद्धय अम्बिरकाजी गुरुङ र मोहन खड्का, कांग्रेस नेता रामहरी खतिवडा लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा चिसङखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले ओखलढुंगाको घोडाखोरी देखि चिसंखुगढीसम्म क्याप्टेन यज्ञ बहादुर थापा मार्ग नामांकन गर्न माग गरे। 

कार्यक्रममा स्वर्गीय क्याप्टेन थापाकी धर्मपत्नी पुर्णमाया थापाको समेत उपस्थिती रहेको थियो। शालिक निर्माणको लागि गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ भने अपुग बजेट प्रदेश र संघ सरकारसंग माग गर्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App